
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले देश फेरि ठूलो राजनीतिक परिवर्तन वा “भूकम्प” जस्तै अवस्थातर्फ गइरहेको बताएका छन् । उनले विगतका राजनीतिक घटनाहरू सम्झाउँदै पूर्वप्रधानमन्त्री बीपी कोइराला र केपी शर्मा ओलीले पनि सत्ता गुमाएको उदाहरण दिएका छन् ।
बास्कोटाका अनुसार नेपालमा राजनीतिक दलहरू पटक–पटक आन्तरिक शक्ति संघर्ष र सत्ता जोगाउने खेलमा अल्झिँदा ठूलो राजनीतिक परिवर्तन हुने अवस्था आउने गर्छ । उनले अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने संकेत गरेका हुन् ।
उनले विशेषगरी नयाँ राजनीतिक दल रास्वपाप्रति लक्षित गर्दै विगतका ठूला नेताहरू र दलहरूले सत्ता गुमाए जस्तै अहिलेका नयाँ शक्तिहरू पनि त्यही बाटोमा जान सक्ने टिप्पणी गरेका छन् ।
बास्कोटाले दलहरू आफ्नै आन्तरिक सत्ता संघर्ष र कमजोर राजनीतिक सोचका कारण जनताका वास्तविक समस्यामा ध्यान दिन नसकेको आरोप पनि लगाए । उनका अनुसार यही अवस्था जारी रहे देश फेरि अर्को राजनीतिक उथलपुथलतर्फ जान सक्ने जोखिम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे