
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्री र सांसदहरू आज दिउँसो भेटघाट गर्दै छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल पनि सहभागी हुनेछन्।
यस बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र आगामी बजेटका मुख्य प्राथमिकताबारे छलफल हुनेछ। साथै सांसदहरूले आफ्नो-आफ्नो क्षेत्रमा आवश्यक योजना र बजेटका माग मन्त्रीहरूसामु राख्ने तयारी गरेका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बनाउने तयारीका विषयमा पनि बैठकमा प्रारम्भिक छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे