२०८० आश्विन १२, शुक्रबार
स्वास्थ्यको क्षेत्रमा खड्कीएको आवश्यकताको महसुस गरि दुरदराजमा न्युनतम स्वास्थ्य उपचार र औषधि उपलब्ध गराउने उद्देश्यले नयाँ उज्यालो फाउन्डेसन नामक संस्थाको स्थापना भएको छ। पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नाति आत्रेय कोइरालाले सानै देखि आफ्नो सामान्य खर्च हरू घटाई गरिब दुःखीको स्वास्थ्य उपचारमा सहयोग गरेको र क्रमश यसलाई संस्थागत गर्दै अन्ततः नयाँ उज्यालो फाउन्डेसन स्थापना गरिएको हो।
यसै संस्थाको समुद्घाटन तथा अन्तरकृया गराउने उद्देश्यले रिपोर्टस् क्लबमा एक प्रत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा समाजसेवी तथा अभिनेत्री मनिशा कोइराला, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्दब खरेल, शिक्षा बिद् तथा समाजसेवी ललिता प्रसाई, संस्थाका अध्यक्ष आत्रेय कोइराला, श्रृजना कोइराला लगायत पत्रकारहरूको बाक्लो उपस्थित रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि, बिषेश अतिथि लगायतले संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
सधैकालागि सबैकालागि स्वास्थ्य भन्ने मुल नारा लिएको यस संस्थाको उद्देश्य र लक्ष्यका बारेमा जानकारी गराउँदै संस्थाको सस्थापक अध्यक्ष आत्रेय कोइरालाले प्रकाश पार्नुभयो। उद्देश्य माथि टिप्पणी गर्दै पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आत्रेयको लक्ष्य पुरागर्न आफु सदै तत्पर रहेको जानकारी गराउँदै उत्प्रेरणा प्रदान गर्नु भयो।
खाने खेल्ने उमेरमा समाजसेवामा केन्द्रित भएका आत्रेय लाई उत्प्रेरणा प्रदान गर्दै समाजसेबी तथा अभिनेत्री मनिशा कोइरालाले भविष्यमा पनि यस्तै परोपकारी भावनाले ओतप्रोत हुँदै अगाडि बढ्न हौसला प्रदान गर्नु भयो। शुभकामनाकै क्रममा शिक्षा बिद् तथा समाजसेवी ललिता प्रसाईले नयाँ उज्यालो फाउन्डेसनलाई नेपालको बिकट क्षेत्रमा खड्कीएको स्वास्थ्य उपचारमा संस्थाको उपस्थित हुनसके सहि ब्यक्तीले फाइदा पाउन सक्छन् भन्दै सेवालाई दुरदराज सम्म पुर्याउन उत्प्रेरणा प्रदान गर्नु भयो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई आत्रेयकी ममता मयि माता श्रृजना कोइरालाले मायाको चिनो प्रदान गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे