२०८० आश्विन १४, आईतबार
सरकारले आजबाट अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई कोभिडविरुद्धको थप एक बुस्टरडोज दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २८ पुसमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । सो बैठकले १४ माघ देखि ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि थप एक अतिरिक्त मात्रा डोज दिने निर्णय गरेको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको छ ाबुस्टरडोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मीहरु, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपङ्क्तिमा खटिने कर्मचारी र स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि पर्दछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे