२०८० आश्विन १७, बुधबार
काठमाडौंमा एक तले औसत ९०० -११०० स्क्वार फिट घरको निर्माण गर्न औसत लागत रु. ३३,००,००० देखि माथि सामान्यत निर्माण सामग्रीको लागत र ठेकेदारको शुल्क अनुसार निमार्ण हुन्छ।
उचित तरिकाबाट घरको निमाणले स्थान,वनावट, ढाचाँ यस्को रुप र यसको लेआउटमा प्रभाव पार्ने गर्दछ। तर घर निर्माण गर्नु लागत निर्धारण सहित एक चुनौतीपूर्ण र जटिल प्रक्रिया हुन सक्छ। घर निर्माणको प्रकार, निर्माण सामग्रीको स्तर र कसले निर्माण गरिरहेको छ भन्ने कुराले पनि लागतलाई असर गर्न सक्छ।
मानौ घर विवरणहरू निम्नानुसार छ।
क्षेत्रफल :४ आना क्षेत्रमा औसत १००० वर्गफुटमा फैलिएको घर निर्माण गर्दा
तलाहरू को संख्या: एक
कोठा संख्या ४ कोठा, ३ कोठा ११ फिट चौडाई तथा १३ फिट लम्वाई, वैठक कोठा १३ फिट चौडाई १५ फिट लम्वाई ,वाथरुम ७ फिट चौडाई ५ फिटको लम्वाई
१. डण्डी ,रड
६ टन स्टिल चाहिन्छ रु. ५.६ लाख
२. सिमेन्ट
ओपिसी सिमेन्टको २५० २८० बोरा प्रति बोरा रु ८५० ,१०० बोरा पिपिसी सिमेन्ट रु ७८० प्रति वोरा औसत रु. ३.१५ लाख
३. ईंटा
ईंटाहरूको संख्या ११- १२ हजार, प्रति गोटा इट्टाको लागत रु। १५ र कुल लागत ईटाको रुंं १.७२ लाख
४. बालुवा
बालुवाको प्रति टिपर मूल्य रु. २७-२८,०००/ हजार, ६ टिपर बालुवा चाहिन्छ कुल रुंं: १.६८ लाख
५. रोडा, गिट्टी
रोडाको प्रति टिपर लागत रु. ३०,०००/ ,७ टिपर चाहिन्छ कुल रु: २.१० लाख
६. ढोका, झ्याल
ढोका सख्या-७,प्रति ढोका लागत २००००/, झ्यालको सख्या-६ प्रति झ्याल लागत ३०,०००/ कुल रु.३.९० लाख
७.वाथरुम रु. ६० हजार
८.भान्सा रु. १.५० लाख
९. रगरोकनः रु. १.८० लाख
१०. ठेकेदार शुल्क रु .४.५०लाख
११ पानी ट्याङ्की कल रु.१.६५लाख
सेफ्टि ट्याङ्की रु. ४० हजार
रिजर्व ट्याङ्की रु. ८० हजार
पानी ट्याङ्की( १००० लिटर) रु ४५,हजार/-
ट्याङ्की स्ट्यान्डस् रु १५,-३०,हजार/-
१२. रेलिङ रु. ७०-८० हजार
१३. बिजुली र तार फिटिंगस् रु. २.५० लाख
१४. पाइप फिटिङ्स रु. १.५०लाख
१५.कम्पाउन्ड गेट रु. ५० हजार
काठमाडौंमा एक तले घर निर्माणको अनुमानित लागत रु. ३३ लाख माथि ,लागत औसत तथा बजार मुल्य समायोजन हुदाँ केहि अलि अलि फरक हुनसक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे