• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

३ घण्टा अघि
२

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

३ घण्टा अघि
३

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

८ घण्टा अघि
४

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
५

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
६

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
७

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
८

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
९

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि
१०

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१ दिन अघि
११

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१ दिन अघि
१२

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (४ साल अघि)

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूका निर्वाचन केन्द्रित गतिविधि तिव्रहुदै

Voter list collection

  • 3,475 Views
  • धनुषा ।  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुग्न थालेका हुन् ।

    सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै निर्धारित मितिमै चुनाव सम्पन्न गर्ने तयारीमा रहेको निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनपत्र दर्तालगायत कार्यतालिका प्रकाशन गरिसकेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य राजनीतिक दलको ध्यान उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित बनेको छ । उम्मेदवारको आकाङ्क्षीदेखि विभिन्न राजनीतिक दलका नेताहरू पुग्न थालेपछि सहरदेखि ग्रामीण क्षेत्रमा समेत चुनावी माहोल बन्दै गएको स्थानीयवासी बताउँछन् ।

    अघिल्लो स्थानीय तह चुनावमा देखिएको कमी–कमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए । प्रदेशभरिका सबै स्थानीय तहको वडावडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरिसकेको सभापति यादवले बताए ।

    “स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गरिरहेका छौँ”, प्रदेश सभापति यादवले भने, “स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीको छनोट सम्बन्धमा समेत बहस र छलफल भइरहेको छ ।” आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने विषयमा नेता कार्यकर्ताबीच नियमित छलफल भइरहेको उनको भनाइ थियो ।

    पार्टी विभाजनपश्चात मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ । एमाले नेता तथा मधेस प्रदेश सहइञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडा वडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिए ।

    स्थानीय तहका प्रत्येक वडामा पाँचदेखि १५ वटासम्म टोल कमिटी गठन गरिएको र भातृ संस्थाको भेला, प्रशिक्षण र कमिटी गठनको कार्य जारी रहेको उनले जानकारी दिए । “केही साताअघि मात्रै पार्टीको प्रदेशस्तरीय प्रशिक्षण सकिएको छ”, श्रेष्ठले भने, “अब स्थानीय तह केन्द्रित भेला, प्रशिक्षण र अन्तक्र्रिया गरिरहेका छौँ ।” त्यो सकिएपछि उम्मेदवार छनोटको कार्य अघि बढाउने गरी तयारीमा जुटेको उनको कथन छ ।

    त्यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ । विभिन्न जिल्लामा पार्टीभित्र देखिएको विवादलाई हल गर्दै पार्टीलाई जिताउने गरी तयारीमा जुट्न गाउँ–गाउँमा नेता, कार्यकर्तालाई परिचालन गरिएको नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए।

    चुनावी तयारीस्वरुप माओवादी केन्द्रले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पार्टीको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत गर्न लागेको छ ।

    त्यसैगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा बलियो पकड बनाएको जनता समाजवादी पार्टीले पनि आनो पुरानो साखलाई कायम राख्दै अझै थप केही स्थानीय तहमा जित निकाल्ने गरी तयारीमा जुटेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जसपा मधेस प्रदेशका सचिव दिनेशकुमार यादवले जानकारी दिए ।

    “गाउँ–गाउँमा पार्टी प्रवेश कार्यक्रमदेखि भेला, अन्तक्र्रिया र प्रशिक्षणलगायतका कार्यक्रम गरिरहेका छौँ”, सचिव यादवले भने, “अहिले हाम्रो पार्टीमा आउनेहरुको सङख्या बढ्दै गएको छ, त्यसैले हामी पार्टी प्रवेश कार्यक्रमसँगै चुनाव केन्द्रित कार्यक्रमलाई अघि बढाइरहेका छौँ ।” अघिल्लो निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा आफ्नो पार्टीले बढी स्थानीय तह जित्ने दाबीसमेत उनले गरे ।

    पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि चुनावी गतिविधि अघि बढाएको छ । पार्टीका प्रदेश सचिव सुधीरकुमार साहका अनुसार एकीकृत समाजवादीले पनि अहिले प्रदेशका अधिकांश स्थानीय तहमा सङ्गठन विस्तार र भेला गरिरहेको छ ।

    मुलुक बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएको डा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेस प्रदेशमा स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ । जनमत पार्टीले सप्तरीबाट माटो यात्रामार्फत चुनावी अभियान सुरु गरेको छ । जनमत माटो यात्रामा सहभागी गाडीमा ‘अबकी बार, सीके सरकार’ नारासमेत देखिएको छ ।

    यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि सूचना जारी भएपछि मधेस प्रदेशका जिल्लामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ । म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा दैनिकरूपमा ठूलो भीड लाग्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवाको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ ।

    यसरी राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिएपछि निर्वाचनको माहोल बन्दै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ । कूल नौ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा एक हजार २७१ वडा छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    ३ घण्टा अघि

  • २

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    ३ घण्टा अघि

  • ३

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    ८ घण्टा अघि

  • ४

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ५

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • ७

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • ८

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १ दिन अघि

  • ९

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १ दिन अघि

  • १०

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution