
काठमाडौँ | काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ मा रहेको स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा चिकित्सकको प्रमाणपत्र नलिई उपचार गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ४७ वर्षीया चेतन ए.एम (पौडेल) रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। नियमित अनुगमनका क्रममा उनीसँग नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र नभएको र चिकित्सकको उपाधि प्रयोग गरी बिरामीको उपचार तथा औषधि सिफारिस गरेको फेला परेको थियो।
नेपाल मेडिकल काउन्सिलको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनले कानुनी रूपमा चिकित्सकको अनुमति नलिई आधुनिक चिकित्सा उपचारमा संलग्न भएको देखिएको छ। यस विषयमा मुलुकी अपराध संहिता अनुसार थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उनी कसरी उपचारमा संलग्न भइन् र अन्य कुनै व्यक्तिहरूको संलग्नता छ कि छैन भन्नेबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे