२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , १० जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई आग्रह गरे ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै निधिले यस्तो आग्रह गरेका हुन् । नेता निधिले दुई दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानसम्मत नै हुने र त्यसका लागि कुनै परामर्श र छलफल आवश्यक नभएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे