२०८० मंसिर १७, आईतबार
काठमाडौँ , १० जेठ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बुधबार संसद बैठकमा उपस्थित भएका छन् । ग्यास जलनबाट घाइते भएका सांसद भण्डारी करिब तीन महिनापछि सांसदमा उपस्थित भएका हुन् ।
ग्यास जलनबाट घाइते भई भारतमा उपचार गराएर फर्कनु भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे । गरिब मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, मुटु र किड्नी रोगीलाई जस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
उनले भ ने , “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो। के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ। ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ।”
उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे