२०८० आश्विन १७, बुधबार
काठमाडौं– गत आर्थिक वर्षको मुनाफाबाट कुमारी बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बैंकको आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि बैंकले उक्त लाभांश सेयरधनीलाई वितरण गर्नेछ ।
कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे