२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , ९ जेठ । भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो ।
स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले ९७ अङ्क प्राप्त गरेको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पताल यस बर्षको देशकै सर्वोत्कृष्ट हुन सफल भएको जानकारी दिइन ।
सुपरिन्टेन्डेन्ट डा गौतमले भक्तपुरअस्पतालमा मेहनतका साथ काम गर्ने डाक्टर , नर्स तथा सबै कर्मचारीलाई धन्यवाद दिएकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे