२०८० आश्विन १४, आईतबार
काठमाडौँ , ३ जेठ | बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमति जनाएको छ। नेपालबाट प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाटसम्म विद्युत् निर्यात गर्न बंगलादेश तयार रहेको छ ।
दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । चार वर्षअघि नेपाल र बंगलादेशले ऊर्जा व्यापार अघि बढाउने समझदारी भएको थियो । नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन्।
बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे