२०८० आश्विन १४, आईतबार
६९ वर्षपछि , एयरलाइन्स एयर इन्डियाको कमाण्ड आज टाटा समूहलाई हस्तान्तरण गरिने भएको छ। भारत सरकारका उच्च अधिकारीले सो जानकारी दिएका छन् । टाटा समूहले भारत सरकारलाई २७ सय करोड रुपैयाँ नगद दिनेछ ।
उड्डयन कम्पनी एयर इन्डिया ६९ वर्षपछि टाटा समुहमा फर्किने भएको हो । । भारतको वरिष्ठ सरकारी अधिकारीहरूका अनुसार एयर इन्डियाको कमाण्ड आज टाटा समूहलाई सुम्पिनेछ। अधिग्रहणसम्बन्धी सबै औपचारिकता पूरा भइसकेको वताइएको छ। ।
गत वर्ष अक्टोबर ८ मा सरकारले टाटा समूहले एयर इन्डियाको लागि गरेको दरभाउ स्वीकृत गरेको थियो। टाटा समूहले सबैभन्दा बढी १८ हजार करोड भारुको दरभाउ लगाएको थियो ।दोस्रो नम्बरमा स्पाइसजेटको अजय सिंहको कन्सोर्टियम थियो, जसले १५,३००/- करोडको दरभाउ लगाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे