
काठमाडौँ ५ भाद्र | सान्जेन जलविद्युत कम्पनीले रसुवाको आमाछादिडमो गाउँपालिका–४ गोल्जुङ , सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीका लागि आजबाट आइपीओ खुल्ला गरेको छ ।
कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीका अनुसार अति प्रभावित क्षेत्रका स्थानीयलाई ४।३५, प्रभावित क्षेत्रका स्थानीयलाई ३, सामान्य प्रभावित क्षेत्रका बासीलाई १।५ र अन्य जिल्लावासीलाई १ को अनुपातमा सेयर पाउँने छन् ।आजबाट खुल्ला भएको आइपीओ भदौ १९ सम्म आवेदन दिन मिल्छ ।सो अवधिमा सेयर बिक्री नभए ४ असोजसम्म आवेदन दिन मिल्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे