
भक्तपुर , ५ भाद्र |डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिन भोलि अर्थात भदौ ६ गते स्थानीय पर्वको रुपमा सूचीकृत गरी सूर्यबिनायक नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगर कार्यपालिकाको आइतबार बिहान बसेको बैठकले सो निर्णय गरेको हो ।
सूर्यबिनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । उनले भने ,भदौ ६ गतेलाई नगर कार्यपालिकाले स्थानीय पर्वको रुपमा ग्रहण गरी यसको महिमा अझ उजागर गरिदिनु भएको छ, यस कदमले श्री केदारनाथ शिर डोलेश्वर महादेवलाई प्रमुख धार्मिक पर्यटकिय स्थलको रुपमा थप चिनाउन कोशे ढुंगा साबित हुने छ ।
यस अवसरमा डोलेश्वर मन्दिरको चारैवटा ढोका खुल्ला गरिने छ ।दर्शनार्थीहरुले आफ्नै हातबाट पूजा गर्न पाउँने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे