काठमाडौँ, ५ भाद्र । आज बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।स नेता एवं सांसद प्रदीप गिरिको निधन भएकाले आजको प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।
गिरिको निधनका कारण सांसद्हरु श्रद्धाञ्जली सभाहरु र अन्येष्टिमा व्यस्त हुने भएकाले बैठक स्थगित गरिएको हो ।सचिवालय स्रोतका अनुसार आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारको बैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल रहेको छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे