
काठमाडौ , ५ भाद्र |नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको ७४ वर्षको उमेरमा निधन भएको छ।क्यान्सर रोगबाट पीडित नेता गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो ।
क्यान्सरको समस्या देखिएपछि उनको भारतमा उपचार भएको थियो। उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या आएको थियो।त्यसपछि उनी एक महीनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया देखिएको थियो। निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि उनका सबै अंगले काम गर्न छाडेको परिवारजनले बताएका थिए ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले आज ट्वीटमा लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे