
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यलय परिसडाँडामा बस्न लागेको हो ।
यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको थियो ।
गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो। त्यस्तै शुक्रबार बसेको बैठकमा अध्यक्षको व्यस्तताको कारण देखाउँदै बैठक विना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बैठक आज लागि राखिएको हो ।
यसरी पटक पटक विभिन्न कारण देखाउँदै बैठक विना निष्कर्ष टुंगिनुले पदाधिकारी चयनमा प्रचण्डलाई निकै सकस भएको बुझिएको छ । पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे