काठमाडौँ , ३ भाद्र |विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ । भने आमा घाइते भएकी छिन् । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो रहेका छन् ।
घाइते तीनै जनालाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । चित्रबहादुर र आदिको उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे