
काठमाडौँ, २७ श्रावण । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भउको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७१२ जनामा गरिएको परिक्षणबाट ७८१ जना संक्रमित देखिएका हुन् ।
यसअवधिमा थप ५११ जनाले कोरोनालाई जितेका छन् । योसहित देशभर हालसम्म ९ लाख ७४ हजार ८०६ जनाले संक्रमित मुक्त भएका छन् ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मुत्यु भएको छ । योसहित देशभर हालसम्म कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९८४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।
२४ घण्टामा थप २३ हजार ८०१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे