
काठमाडौँ ,२६ साउन |स्थानीय तह निर्वाचन २०७४ मा वालिङ नगरपालिका–९ का निर्वाचित पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।
ग १६ प ५४६१ नम्बरको स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका थिए । ५५ वर्षीय बसन्त श्रेष्ठ गएरातिदेखि सम्पर्क विहीन थिए । श्रेष्ठको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे