
काठमाडौँ २३ साउन |स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ३५१ जनामा परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे