
काठमाडौँ, २३ श्रावण । खिमलाल देवकोटाले लगातार दुईपटक चुनाव जितेकालाई तेस्रो पटक टिकट दिन नहुने बताएका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै देवकोटाले बरु चौथो पटक टिकट दिनुपर्ने बताए।
देवकोटाले भने, ‘ ‘लगातार दुईपटक चुनाव जितेकालाई तेस्रोपटक टिकट नदिइयोस् हुनुपर्ने त लगातार दुई पटक जितेपछि आराम गर्ने, आफ्नो पेश व्यवसाय गर्ने हो तर यहाँ नेतालाई रोक्न खोज्ने हो भने बाँध नै भत्काउँछन्, उपद्रो मच्चाउँछन्, संविधान नै च्यातिदिन्छन् त्यसैले तेस्रो पटक भनेको हुँ।’
उनले राजनीतिलाई सधैं दुहुनु गाई सम्झेर राज्य दोहन गर्ने प्रचलन रहेको भन्दै यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे