• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

१२ घण्टा अघि
२

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

१ दिन अघि
३

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

१ दिन अघि
४

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

१ दिन अघि
५

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

१ दिन अघि
६

पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह

१ दिन अघि
७

तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित

१ दिन अघि
८

अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग

१ दिन अघि
९

एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित

१ दिन अघि
१०

अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन

१ दिन अघि
११

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१ दिन अघि
१२

प्रतिनिधि सभाको बैठक बस्दै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र १०, बिहिबार (४ साल अघि)

विदेशमा सिकेको ज्ञान र सिप भित्र्याउन सके मात्र देश समृद्ध बन्छः डा. केसी, अध्यक्ष (प्रत्यासी), एनआरएनए

  • 9,412 Views
  • गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेश अक्टोबर २३ देखि २५ सम्म हुन गइरहेको छ। अनलाइन भोटिंगबाट निर्वाचन हुने भएको छ। त्यसकारण यो महाधिवेशनले धेरै उत्साह थपेको छ। एनआरएनएमा रहेर विदेशमा बस्ने नेपालीहरुको हक हितका लागि आवाज उठाउँदै आएका डा. बद्री केसी संघको अध्यक्षको उम्मेद्वारी हुन्। संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत रहेका डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन्। डा. केसीले सुरुवातीकालदेखि नै विदेशमा बस्ने नेपालीहरुका लागि काम गरिरहेका छन्। अब हुने एनआरएनएको महाधिवेशमा उनको उम्मेद्वारी तथा आगामी योजनाकाबारेमा गरिएको कुराकानीको अंशः

    तपाई नेपाल के कारणले आउनुभयो ?

    लामो समय कोरोना भाइरसको कारणले नेपाल आउन पाएको थिएन। नेपाल सरकारसँग संस्थागत कुराहरु पनि तय गर्नुपर्ने छ। र, गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनको तयारीका लागि पनि म काठमाडौं आएको हुँ।

    महाधिवेशनमा तपाईको एजेन्डा के हो ?

    हाम्रो आठ वटा विभागहरु छन्। जसमध्ये वैदेशिक रोजगार तथा कल्याकारी विभागको म प्रमुख हुँ। यो विभागमा चारवटा उप कमिटीहरु छन्। यी कमिटीमध्ये पहिलो वैदेशिक रोजगारमा गएका साथीहरुको समस्या केलाएर नेपाल सरकारसँग लबिंग गर्ने, हाम्रो संविधानमा गैर आवासीय नेपालीहरुलाई सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारसहित नागरिकता दिने भनेको छ त्यो नागरिकता हामीले पाएका छैनौं त्यसको लबिंग गर्ने, त्यस्तै, गैर आवासीय नेपालीहरुका लागि छुट्टै कानुन बन्ने छ त्यो कानुन बनाउनका लागि पनि मैले लबिंग गरिरहेको छु र विदेशमा रहेका नेपालीहरु जो महामारीको चपेटमा पर्नु भएको छ उहाँहरुको लागि हामीले थुप्रै काम पनि गरिरहेका छौं।

    एनआरएनएले कस्ता खाले रुपान्तरणहरु गर्छ ?

    विदेशमा सिकेको प्रविधिहरु नेपालमा ल्यायौं भने चाँडै रुपान्तरण हुन्छ। अन्य देशहरु जसरी नै नेपालमा छिट्टै विकास हुन सक्छ। त्यसमा हामीले हरेक दुई वर्षमा एकपटक स्किल इनोभेसनका कन्फरेन्सहरु गर्छौं। गतवर्ष गरिएको कन्फरेन्समा ४१६ वटा पेपरहरु प्रस्तुत गरेका थियौं। हामीले ती पेपरहरुलाई तयार गरेर नेपालका सबै सम्बन्धित मन्त्रालय, विश्वविद्यालय तथा रिसर्च सेन्टरहरुमा दिएका छौं र हामी उहाँहरुसँग कनेक्ट हुन चाहान्छौं। विदेशमा रहेका नेपाली जो कुनै न कुनै विषयमा विज्ञ हुनुहुन्छ उहाँहरु जो नेपालमा वर्षको एक, दुई महिनाको लागि निःशुल्क रुपमा यहाँका अस्पताल, ल्याब, कलेज तथा क्याम्पसहरुमा पढाउन चाहानुहुन्छ ती विज्ञहरुलाई यहाँसम्म ल्याउने कार्यक्रमहरु गरिरहेका छौं।

    कोरोना कहरमा गैर आवासीय नेपालीहरु कति जना संक्रमित हुनुहुन्छ ?

    आजको दिनसम्म एक लाख १० हजार जना संक्रमित भइसक्नु भएको छ। संघले हरेक व्यक्तिको तथ्यांक राखेको छ। ४ सय ८६ जनाको मृत्यु भइसकेको छ भने करिब ९२ प्रतिशत संक्रमणमुक्त भइसक्नु भाछ। पहिले जस्तो भयावहको अवस्था छैन। अहिले सबैजना कोरोनासँगै अघि बढ्न सिकिसक्नु भएको छ। यस्तै, सबैले कोरोनाविरुद्धको खोप लगाइसक्नु भएको छ। त्यसैगरि, गैर आवासीय नेपाली संघले नेपालमा खोप तथा अक्सिजन ल्याउन धेरै पहल गरेको थियो। त्यही अनुरुप काम पनि भयो।

    गैर आवासीय नेपालीहरुको योगदान धेरै छ, नेपाल सरकारले कसरी हेर्छ तपाईहरुलाई ?

    यो मिश्रित छ। कतिपय सरकारका मान्छेहरुले हामीलाई राम्ररी हेर्छन् भने कतिपयले गाली पनि गर्छन्। समग्रमा नेपाल सरकारले हाम्रो लागि राम्रै सोचेको छ।

    तपाईले २०७२ को भूकम्पमा कस्ता कामहरु गर्नुभयो ?

    २०७२ को भूकम्प जाँदा म संघको कोषाध्यक्ष थिए। र, म काठमाडौं मैं थिए। भूकम्प गएको ६ घन्टामै इमर्जेन्सी मिटिंग राख्यौं र संसारभरबाट पैसा उठाउन थाल्यौं। र, उठेका पैसाबाट राहतका सामान किन्यौं र भूकम्प गएको ३ दिनभित्र राहत बाड्यौं।

    तपाईको उम्मेद्वारी चर्चा मात्र हो कि वास्तबिक अध्यक्षको दाबेदारी नै हो ?

    गैर आवासीय नेपाली संघको अभियान सुरु गर्दादेखि नै म यहाँ छु। सुरुका दिनमा म साधारण सदस्य मात्र रहेर काम गरे। २००७ मा रसियाको महासचिव थिए। त्यसपछि दुई कार्यकाल म केन्द्रीय सदस्य भए। २०१३, २०१५ मा कोषाध्यक्ष थिए। त्यसपछि दुई कार्यकालमा म महासचिव भएर काम गरे। त्यसपछि २०१९, २१ मा म उपाध्यक्ष छु। त्सकारण मैले एनआरएनएमा नसम्हालेको पद छैन। मैले योसबै पदमा जितेर आएको छु। त्यसैले एनआरएनएमा रहेर थुप्रै काम गरेको छु। यो संघको विभिन्न पदमा रहेर कामलाई निन्तरता दिँदै आएको छु। त्यसैले कुनै चर्चा पाउनका लागि होइन मेरो दाबेदारी वास्तबिक हो।

    तपाईलाई किन जिताउने ?

    संस्थालाई आर्थिक रुपले कसरी लैजाने भन्नेमा म कन्फ्युज छैन। किनभने यो संस्थाको जन्म भएको दिनदेखि म यस संस्थामा छु। यहाँ रहेर धेरै दुःखका दिनहरु पनि देखेको छु। २०१३ सालमा हामीले हाम्रा सचिवालयका सदस्यहरुलाई तलब खुवाउन पनि चन्दा उठाउन पर्थ्यो। म त्यो बेला कोषाध्यक्ष थिए। यस्तो खालको सामाजिक संस्थालाई आर्थिक रुपले सक्षम बनाउन सक्ने १० वर्षे योजना मैले बनाए। र, यहीं योजनाकै क्रममा भिजन २०२० पनि लिएर आएँ र आज यो संस्था एक वर्षमा ५० करोडको च्यारिटीको काम गर्न सक्ने भएको छ। त्यसैले संस्थालाई कसरी आर्थिक रुपले सक्षम बनाएर लैजाने भन्नेमा म कत्ति पनि कन्फ्युज छैन। यो संस्थालाई सबै कुराबाट सक्षम बनाएर संस्था हाक्न सक्ने मापदण्ड म मा छ।
    यस्तै, म कोषाध्यक्ष भएर काम गर्नु भन्दा पहिले केन्द्रीय सदस्य भएर काम गर्दा संस्थामा ४०,४५ वटा मात्र देशहरु थिए। त्यसपछि म महासचिव भएर काम गर्दा कमसेकम ३० वटा नयाँ राष्ट्रिय समन्वय परिषद् खुल्यो। यसरी म महासचिव हुँदा कसरी धेरै भन्दा धेरै देश तथा नेपालीहरुलाई आबद्ध गर्ने भन्नेमा विषयमा मेरो ठूलो योगदान रह्यो। सुरुमा हाम्रा साधारण सदस्यहरु कम थिए। अहिले १ लाख १० हजार साधारण सदस्यहरु मात्र छन्। म महासचिव हुँदा म लगाएत मेरो टिमले एकदम उत्कृष्ट काम गरेको छ। वैदेशिक रोजगारमा केके समस्या छन् भनेर हामीले एक हप्ता अघि मात्र श्वेत पत्र जारी गरेका छौं। अब अर्को उपाध्यक्ष आउँदा अलमल हुनु पर्दैन। यी आठ वटै विभाग, ४० वटा कमिटीहरु र ८४ वटा देशहरुलाई म कन्ट्रोल गर्न सक्छु। र, ती देशहरुमा बसेका नेपालीहरु पहिले आफैं सक्षम हुनुपर्छ अनि नेपाललाई सहयोग गर्नुपर्छ यी सबै कुराहरुलाई व्यवस्थापन गरेर म लैजान सक्छु भनेरै मैले अध्यक्ष पदको लागि आँट गरेको छु। साथीहरुले मलाई जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु।

    तपाईको उम्मेद्वारीमा साथीहरुको प्रतिक्रिया कस्तो छ ?

    धेरै साथीहरुले भनेका छन्, एनआरएनमा बौद्धिक, अनुभवी र सक्षम व्यक्तिको नेतृत्व चाहिन्छ। जुन योग्यता म मा छ। त्यसैले म मापदण्डमा पर्छु।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    १२ घण्टा अघि

  • २

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    १ दिन अघि

  • ३

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    १ दिन अघि

  • ४

    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै
    १ दिन अघि

  • ५

    काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
    १ दिन अघि

  • ६

    पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह
    १ दिन अघि

  • ७

    तीन रातो कार्डबीच मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
    १ दिन अघि

  • ८

    अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको नेकपाको माग
    १ दिन अघि

  • ९

    एक गोलले पछि परेको दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिकमाथि २–१ को जित
    १ दिन अघि

  • १०

    अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्की दिने शैलीमा बोल्नुभयो:वर्षमान पुन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    ३

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ५

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

    नेपाल नक्सा
    ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution