
काठमाडौँ, २३ असार । साझा यातायातले नयाँ विद्युतीय बस आजबाट सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस सञ्चालमा आएका हुन् ।
साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरे।
तीनवटा बसमध्ये दुईवटा नयाँबसपार्क–बालाजु–ठमेल–रत्नपार्क–सिंहदरबार–नयाँबानेश्वर–मीनभवन हुँदै एयरपोर्टको रुटमा चल्नेछन् ।
त्यस्तै, अर्को लगनखेल–लैनचौर–बाँसबारी हुँदै बूढानीलकण्ठको रुटमा सञ्चालन हुनेछ ।
साझाका तीनवटै बसमा चालक र परिचालक महिला छन् । अहिले साझाका विद्युतीय बसमा २५ सिट र सोभन्दा बढी क्षमताका छन्। यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन्। अपांगहरु चढ्न मिल्ने र्याम्पसहितको सुविधा पनि यी बसमा छन्।
अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशैअघि सेवा सुरु हुने बताइएको छ । साझा यातायाले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे