
काठमाडौँ, २० असार ।नेपालस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले आफुले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
काठमाडौंको लैनचौरमा रहेको दूतावासको सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्डले आफैले आफुलाई नै गोली हानेको दुतावासले जनाएको छ ।
सुरक्षागार्ड ३२ वर्षीय दीपक सिंहले इन्सास राइफलले आफैंलाई गोली हानेको बताइएको छ ।
हाल उनको शव पोस्टमार्टमको लागी त्रिवी शिक्षण अस्पतालमा लगीएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे