
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ ।आज बुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं मार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।
उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ बताउनुपर्ने पनि धारणा राखे ।उनले भने ‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरू व्यापार गर, लिज बाटो दिन्छौँ । हामी गरिब देश हौँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई सक्नुपर्छ ।’
महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताउनुभयो । डकुमेन्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरूले दिएको गलत सूचनाका कारण पनि जनताहरू भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने उहाँको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे