
काठमाडौँ, १० असार ।निरन्तर ओह्रालो लागेको सेयर बजार (नेप्से) मा आज भने केही सुधार भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।
जम्मा २ घण्टा काराबार समयमा दुई सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता सेयर र एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज म्युचल फण्ड बाहेक सबै समूहको सेयर बढेकोमा बिमा र विकास बैंक समूहको सेयर उच्च अङ्कले बढेको छ ।
सबैभन्दा धेरै कुमारी बैंकको आठ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भयो । न्यादी जलविद्युत आयोजनाको सेयर १० प्रतिशतले बढेको छ । बजार बढे पनि आधिखोला लघुबित्त बित्तीय संस्थाको सेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे