
काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल विच भेटवार्ता भएको छ ।
आज भएको भेटवर्तामा उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।
रवि र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको नेपाल सुशासन पार्टीले जनाएको छ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन्। त्यस्तै सञ्चारकर्मीबाट राजनितिमा होमिएका लामिछानेले कुन ठाउँबाट चुनाव लड्ने सो को जानकारी दिएका छैनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे