
काठमान्डौ, १० असार |नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटका छन्।राष्ट्र बैंक अहिले मौद्रिक नीति ल्याउन तयारी गरिरहेको छ ।
भेटमा नेपाली अर्थतन्त्रमा हाल देखिएका समस्या, समाधान र अधिकारीले सार्वजनिक कार्यक्रममा राख्ने गरेको चिन्ताको विषयमा छलफल भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु,’ महामन्त्री थापाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे