काठमाडौँ, । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन गरेको छ।
बिहीबार साँझ नयाँ बानेश्वरको एभरेस्ट होटल अगाडिबाट राँके जुलुस माइतिघरतर्फ अगाडि बढेको थियो । विभिन्न नारा लगाउदै अगाडि बढेको राँके जुलुसले सरकारी गाडी समेत तोडफोड गरेको छ ।
सोही क्रममा प्रहरीले लाठी चार्ज गरेपछि दुई पक्षबीच झडप पनि भएको थियो । झडपको क्रममा बानेश्रर–माइतिघर सडकखण्डको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे