
काठमान्डौ | पछिल्लो २४ घण्टामा मुलुकभर ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जना र १ हजार २६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे