श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको टाट पल्टिएको घोषणा गरेका छन्र ।अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको उहाँले बताउनुभयो ।विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ ।प्रधानमन्त्रीको यस्तो घोषणाले २ करोड २० लाख जनसंख्या भएको दक्षिण एसियाली राष्ट्रका जनतामा आतेश उत्पन्न भएको छ ।
देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ ।
कोरोनाको प्रभावका कारण श्रीलंकाको प्रमुख आयस्रोतका रूपमा रहेको पर्यटनमा गम्भीर आघात परेको थियो । अहिले त्यहाँ उपभोग्य वस्तुहरूको मूल्य उपभोक्ताले धान्नै नसक्ने गरी आकाशिएको छ । ग्यास, दूध, ट्वाइलेटपेपर जस्ता अत्यावश्यक वस्तुहरूको आयात गर्न पनि पैसा नभएको सरकारले बताएको छ ।
श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताउनुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे