काठमाडौँ – आज जुन २१, यसदिन वर्षकै सबैभन्दा लामो दिन हुने छ । घण्टाको हिसाबले पनि यो दिन लामो हुने गर्छ । तर, रात भने आजको सबैभन्दा छोटो हुने गर्छ ।
जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दछ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।
नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । नेपालमा आज सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ ।
यसैक्रममा, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिन्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गरेको मौसम पूर्वानुमान महाशाखाकाले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे