काठमान्डौ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।
बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे