
काठमाडौँ -सरकारले इन्धनको मुल्य बढाएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो ।
विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।
नेपाल आयल निमगले गएराति १२ बजेदेखी लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रुपैया र डिजेल÷मट्टितेलमा २७ रुपैयाले मुल्य बढाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे