चितवन । चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रत्ननगर नगरपालिका–९ गणेशचोक टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नं को ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का काउमेश दराइको मृत्यु भएको हो ।
घाइतेको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे