ओखलढुङगा — ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फुलवारीका एकै घरका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ ।
जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, छोरा राजन विष्ट, राजनको श्रीमती ढक कुमारी लामिछाने र छोरी सरिस्मा विष्ट बिरामी भएका थिए ।चारै जनालाई उपचारको लागी मिसन अस्पताल पुराइएको थियो ।
उपचारको क्रममा ढक कुमारी लामिछानेको मृत्यु भएको छ भने अन्य तिन जनालाई थप उपचारको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो ।तर उपचारको क्रममा मनमाया विष्टको ३१ गते मृत्यु भएको छ भने अन्य २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे