
कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३२ वटै टोलीकै टुङ्गो बल्ल लागेको छ ।मङ्गलबार राति अष्ट्रेलिया छनोट भएको छ । उसले पेनाल्टी सुटआउटमा दक्षिण अमेरिकाको पाचौं टोलीलाई पराजित गरी कतारको यात्रा तय गरेको हो । यसपटक आयोजक कतारसहित एशिया प्यासिफिक क्षेत्रबाट पहिलोपटक ६ टोली विश्वकप खेल्ने भएका छन् ।
कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । युरोपबाट १३ राष्ट्र ,एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।
विश्वकप छनोट भएका देशहरु:
समूह एः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड
समूह बीः इंग्ल्यान्ड, इरान, यूएसएस, वेल्स
समूह सीः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड
समूह डीः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह इः स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जीः ब्राजिल, सर्विया, स्वीटरल्यान्ड, क्यामरुन
समूह एचः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे