काठमाडौँ – अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो ।
आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ः१५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे