
काठमान्डौ,१ असार – बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद् प्रस्ताव पठाइएको छ।पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको हो।
श्रम सम्झौताका लागि मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्रै बेलायत जाने नर्सले के कस्तो प्रक्रिया पूरा गर्नुपर्ने भन्नेबारे पनि टुंगो लगाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे