
काठमाडौँ, ३१ जेठ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको तुलसीपुर–५ सब्जिमण्डी बजार नजिकै रहेको एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले उनालई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
बिहान करिब ८ बजे मन्त्री वली पीएसओसहित ती महिलालाई हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मन्त्री वलीले महिला र बालिका माथि हातपात गरेकाे आराेप लागेकाे छ ।
राज्यमन्त्री विमला वलीलाई कारबाहीकाे माग राख्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि धर्ना दिएका छन । महिलाहरुले मन्त्री वलीविरुद्ध नाराबाजी पनि गरेका छन ।
प्रहरीले अहिले विमला वलिलाई इलाका प्रहरी कार्यालयमा राखेको छ ।घटनाबारे थप छानविन भईरहेको प्रहरीले बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे