काठमान्डौ -नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवा सहित दुई जनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।
सो क्याफेमा बन्यजन्तुको अवैध रुपमा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले ती युवकको साथबाट दश वटा कछुवाका बच्चा बरामद गरेको छ । सेतो प्लाष्टिकको झोलामा पानीमा हालेर राखिएका कछुवाका बच्चा जिवितै रहेको प्रहरीले जनाएको छ ।
यस्तै, उनीहरुको साथबाट तीन थान मोबाइल र बा ९९ प ४९४४ नम्बरको बेनाली मोटरसाइकल पनि बरामद गरेको प्रहरीले बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे