
चितवन – चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि अर्थात भोलि बाट बन्द गर्ने भएको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको बताए ।
उनले अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द हुने बताए ।वर्षायाममा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले राप्ती नदीमा गरिने डुङ्गा सफारी पनि बन्द गरिएको तिवारीले बताउँनु भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे