
पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु-छोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल र हेटौंडातर्फ आउँदै गरेको ग्याँस बुलेट आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे