
काठमाडौँ – धादिङको धुनिबेशी नगरपालिका ६ चालिसेमा ट्रकको ठक्करबाट पैदल हिंडीरहेकी एक महिलाको मृत्यु भएको छ ।काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।
गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी राममाया विकको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौँको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक दुबै अहिले प्रहरीको नियन्त्रणमा छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे