
काठमान्डौ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको छ ।केन्द्रले आज सूचना निकालेर काठमाण्डौ बाहिरबाट आएर भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो ।
विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्होको आवेदन माग गरेको केन्द्रले जनाएको छ ।
सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्धन केन्द्रमा पेस गर्नुपर्नेछ ।
केन्द्रले यसअगाडि दुर्गम क्षेत्रबाट काठमाण्डौमा आएर अध्ययन गरेका विद्यार्थीबाट ८ हजार ३ सय माग सङ्कलन गरेको छ । उनीहरुलाई यो आर्थिक वर्षभित्र चुल्हो वितरण गरिने केन्द्रले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे