
काठमाडौँ, २५ जेठ । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने जनाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आज एक सार्वजनिक सुचना जारी गर्दै आगामी असार १ देखि भदौ मसान्तसम्म ३ महिना सडक खन्न स्वीकृति नदिने जनाएको हो।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले सडक डिभिजनहरू मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिइने जनाएको हो।
कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत सुचना मार्फत चेतावनी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे