
काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालीकाका मेयर बालेन्द्र साह (बालेन) ले १० दिनदेखी थुप्रिएर रहको फोहोरबाट महानगरवासीले दुख पाएकोमा क्षमा मागेका छन् ।
सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएपछि साहले समाजिक सञ्जाल मार्फत केही दिन दुख पाएकोमा क्षमा मागेका हुन् ।
उनले फोहोरले दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा नगरवासिलाई ह्रदयदेखि नै धन्यवाद दिएका छन्।
‘तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ, ‘उनले भनेका छन्, ‘हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन ।’
मेयर साहले सामाजिक सञ्जालमा भनेका छन् :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे