
काठमाडौँ, २३ जेठ । काठमाडौँका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालिएको छ।
काठमाडौँ महानगरपालिकाले विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरमा केमिकल छर्केर दुर्गन्ध हटाउन थालेको हो।
सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो ।
काठमाडौँको फोहोर विसर्जन गरिदैं आएको सिसडोल ल्यान्डफिल साइटमा त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएर बसेको छ। फोहोरले शहर नै दुर्गन्धित हुन थालेपछि महानगरले केमिकल छरेर दुर्गन्ध हटाउन थालेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे